Kathmandu Press

खुटिया नदीमा डुबेर बालकको मृत्यु

धनगढी, भदौ २५ : कैलालीको खुटिया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।गएराति नुहाउने क्रममा गोदावरी नगरपालिका ८ का १४ वर्षीय रोहित गुरुङको...
खुटिया नदीमा डुबेर बालकको मृत्यु

धनगढी, भदौ २५ : कैलालीको खुटिया नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।

गएराति नुहाउने क्रममा गोदावरी नगरपालिका ८ का १४ वर्षीय रोहित गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

गर्मी भएपछि नुहाउन गएका उनी बगेका थिए। उनी बगेको खबर पाउने वितिक्कै स्थानीय र प्रहरीले खोजबिन शुरु गरेको थियो।

अस्थायी प्रहरी पोस्ट स्याउलेबाट खटिएको प्रहरी टोलीले बगेको स्थानबाट १५० मिटर दक्षिणमा नदीको किनारमा शव भेटिएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि अस्पताल लगिएको छ।

प्रकाशित मिति: ०८:१७ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्