Kathmandu Press

कराँतेमा नेपाललाई १० स्वर्ण दिलाउने १३ खेलाडी

काठमाडौं, मंसिर १८ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत नेपालले कराँतेमा मात्रै १० स्वर्ण जितेको छ।

बुधबार बिहान भएको खेलम....

कराँतेमा नेपाललाई १० स्वर्ण दिलाउने १३ खेलाडी

काठमाडौं, मंसिर १८ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत नेपालले कराँतेमा मात्रै १० स्वर्ण जितेको छ।

बुधबार बिहान भएको खेलमा पाकिस्तानी खेलाडीलाई पराजित गर्दै अनुपमा मगरले १०औं स्वर्ण दिलाएकी छन्। उनले महिलातर्फ ६८ केजीमाथिको तौल समूहमा स्वर्ण जितेकी हुन्।

अनुपमा मगर।

यसअघि करातेको एकल कातामा मण्डेकाजी श्रेष्ठले स्वर्ण जितेका थिए। उनले १३औं सागमा नेपालका लागि पहिलो स्वर्ण जितेका थिए।

त्यस्तै, टिम काताअन्तर्गत पुरुषतर्फ मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण मानन्धरले स्वर्ण जितेका थिए। टिम कातामै महिलातर्फ निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की स्वर्ण जितको थिए।

नविन रसाइली।

यस्तै, ५५ केजी समूहमा लक्ष्मण तामाङले नेपाललाई स्वर्णपदक दिलाएका थिए। ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ, ४५ केजीमूनि कुसुम खड्का, ५० केजीमूनि अनु अधिकारी, ६७ केजीमा नवीन रसाइली र ६८ केजीमा सुनिता महर्जनले स्वर्ण थपेका थिए।

नेपालले सबैभन्दा बढी कराँतेमै स्वर्ण जितेको हो। अहिलेसम्म करातेका कुनै पनि स्पर्धामा नेपाल पदकविहीन भएको छैन।

प्रकाशित मिति: १२:५२ बजे, बुधबार, मंसिर १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्