Kathmandu Press

बनेपामा कार्यकुशलता सिकाई तथा व्यवस्थापन कार्यशाला

बनेपा, भदाै २४ : बनेपा, सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ औं कार्यकुशलता सिकाई तथा ब्यवस्थापन कार्यशाला सम्पन्न गरेको छ। बुधबार...
बनेपामा कार्यकुशलता सिकाई तथा व्यवस्थापन कार्यशाला

बनेपा, भदाै २४ : बनेपा, सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २५ औं कार्यकुशलता सिकाई तथा ब्यवस्थापन कार्यशाला सम्पन्न गरेको छ। बुधबार काभ्रेपलाञ्चोक, भक्तपुर, दोलखा र रामेछाप जिल्लाका ९ वटा संस्थाहरुको उपस्थितिमा सम्पन्न भएको हो।

कार्यक्रममा नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष श्री चन्द्र प्रसाद ढकालले सहकारी एक्सेसमा सहभागी संस्थाहरु नेफ्स्कुनको मात्र नभई नेपालकै सहकारी अभियानको गौरबको रुपमा रहेको बताए। उनले संस्थाहरुले हालको वर्तमान परिस्थितिमा आफ्नो छवि कायम राख्न आफ्ना सदस्यहरुसँग नियमित रुपमा सम्पर्कमा रही सदस्यलाई संस्थाप्रति अपनत्व बोध गराउने र संस्थाको अवस्थाको बारेमा नियमित रुपमा सदस्यहरुलाई जानकारी दिई संस्था सवल र सुरक्षित रहेको प्रत्याभूति दिलाउनु पर्ने बताए।

Hardik ivf

साथै, उनले ब्यक्ति विशेष नभई पदिय दायित्व प्रमुख रहेकोले आफ्नो दायित्व बमोजिम कार्यसम्पादन गर्नुपर्ने र कुनै पनि पदमा ब्यक्ति स्थायी नहुने बताउँदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए।

कार्यक्रममा काभ्रेपलाञ्चोकका ३ वटा संस्थाहरु सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., बिन्धबासीनी बचत तथा ऋण सहकारी संस्था लि. र चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरका २ वटा संस्थाहरु श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि. र सिद्धिगणेश बचत तथा ऋण सहकारी संस्था लि. दोलखाका ३ वटा संस्थाहरु जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि., एकिकृत फ्रेण्डशिप बचत तथा ऋण सहकारी संस्था लि. र शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लि. साथै रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लि. बाट अध्यक्ष, पदाधिकारी र उच्च ब्यवस्थापन समेतको उपस्थिति रहेको थियो।

एक्सेस कार्यक्रममा सहभागी संस्थाहरुको समूह समूह बनाएर तीन तीन महिनामा सहकारी संस्थाहरुले एक्सेसको ८६ वटै ईण्डिकेटर अन्र्तगत सञ्चालन गरेका गतिविधि तथा एक अर्काको असल अभ्यासको आदन प्रदान गर्ने उद्देश्यका साथ कार्यकुशलता सिकाई तथा ब्यवस्थापन कार्यशाला आयोजना गर्ने गरिएको छ ।

प्रकाशित मिति: २०:३९ बजे, शुक्रबार, भदौ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्