Kathmandu Press

दुर्गम चेपाङ बस्तीमा झोलुङ्गे पुल

दुर्गम चेपाङ बस्तीमा झोलुङ्गे पुल

काठमाडौं, भदौ २४ : मकवानपुरको चेपाङ बस्ती रहेको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा रु ४६ लाख १८ हजारको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको छ।

राक्सिराङ–७ स्थित स्थानीय शङ्कर खोलामा एक सय १४ः३० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको गाउँपालिकाले जनाएको छ। नेपाल सरकारको झोलुङ्गे पुल निर्माण क्षेत्रगत कार्यक्रमअन्तर्गत सो पुल निर्माण भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने।
  
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा तथा गाउँपालिका अध्यक्ष मल्लले संयुक्तरुपमा आज सो पुलको उद्घाटन गरेका हुन्। पुल निर्माण भएपछि राक्सिराङ–७ का दुई सय ५० घरधुरीका करिब दुई हजार जनसङ्ख्या लाभान्वित भएको अध्यक्ष मल्लले जानकारी दिए। विसं २०७८ वैशाखमा सो पुल निर्माण सुरु भएको थियो। 

सो अवसरमा राज्यमन्त्री प्रजाले चेपाङ समुदायको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारले सहयोग पु¥याउनुपर्ने आग्रह गरे। 

प्रकाशित मिति: १८:०३ बजे, शुक्रबार, भदौ २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्