Kathmandu Press

सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार

देउखुरी, भदौ २४ : म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एकजना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन् ।

सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए। 

Hardik ivf

उनले सरकारी वकिल कार्यालयको दोस्रो तल्लाबाट हामफालेर बन्दी भागेको जानकारी दिए। शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका फोरेर हेर्दा फेला नपरेको उनले बताए । ‘शौचालयको झ्याल हातले निकाल्न मिल्ने खालको रैछ निकालेर भागेछ,’ उनले भने । 

म्याद थपका लागि अदालत लैजान कागजपत्र तयार गर्दै गर्दा सरकारी वकिल कार्यालयबाट बन्दी भागेको र  खोजी भइरहेको  प्रनाउ गौतमले बताए। विश्वकर्मालाई यही यही भदौ २२ मा  प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, भदौ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्