Kathmandu Press

पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन सुरु

काठमाडौं, भदौ २४ : काठमाडौँ महानगरपालिकाले आज बिहानदेखि पशुपति क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल...
पशुपति क्षेत्रका अव्यवस्थित संरचना हटाउन सुरु

काठमाडौं, भदौ २४ : काठमाडौँ महानगरपालिकाले आज बिहानदेखि पशुपति क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै आजदेखि अव्यवस्थित संरचना हटाउन सुरु गरेको हो।

वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले पशुपतिनाथ वरपर निर्माण गरिएका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरे पनि व्यापारीले नहटाएका कारण महानगरको टोलीले हटाउन सुरु गरेको हो। पटक–पटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगतरूपमा उत्रिएर संरचना हटाउन थालिएको अध्यक्ष सङ्गतले बताए। 

Hardik ivf

पशुपति क्षेत्रका पसल व्यवसायीलाई आज अवैध संरचना हटाउन आग्रह गरिएको र यसलाई अवज्ञा गरे शनिबारदेखि महानगरले सामान उठाएर लैजानेसमेत अध्यक्ष सङ्गतले जानकारी दिए। पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेकाले वडामा समेत दर्ता नभएका पसल संरचना आजदेखि बन्द गरिएको वडा कार्यालयले जनाएको छ। 

दशैँ–तिहारजस्ता चाडवाडका बीचमा पसल हटाउँदा रोजीरोटी गुम्ने अवस्था आएकाले महानगर तथा वडा कार्यालयले आफ्ना समस्याका विषयमा विचार गरी चाडवाडसम्म पसल सञ्चालन गर्न दिन व्यापारीले आग्रह गरेका छन्।

प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, भदौ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्