Kathmandu Press

कराँतेमा अनुपमा र उसुमा दीपकले जिते स्वर्ण

काठमाडौं, मंसिर १८ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत चौथो दिनको खेलमा नेपालले दुई स्वर्ण जितेको छ।

बुधबार बिहान भएको खे....

कराँतेमा अनुपमा र उसुमा दीपकले जिते स्वर्ण

काठमाडौं, मंसिर १८ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत चौथो दिनको खेलमा नेपालले दुई स्वर्ण जितेको छ।

बुधबार बिहान भएको खेलमा कराँतेको कुमिते ६७ केजी प्लस समूहमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जितेकी छन्। उनले एसियन गेम्सको कास्यपद विजेता पाकिस्तानकी खेलाडी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण जितेकी हुन्।

त्यस्तै, उसुको नानछ्वान अलराउन्डमा दीपक हमालले स्वर्ण पदक जितेका छन्। उनले कुल १९.३२ अंक प्राप्त गर्दै स्वर्ण जितेका हुन्।

यसमा भारतका साजन लामाले १९.१२ अंकसहित रजत पदक जिते भने बंगलादेशका अमिर होसैनले कास्य पदक पाए।

 

प्रकाशित मिति: ११:३० बजे, बुधबार, मंसिर १८, २०७६