Kathmandu Press

कांग्रेस केन्द्रीय सदस्य टेकबहादुर गुरुङ मनाङबाट सिफारिस 

मनाङ, भदौ २४ : नेपाली कांग्रेस मनाङले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य...
कांग्रेस केन्द्रीय सदस्य टेकबहादुर गुरुङ मनाङबाट सिफारिस 

मनाङ, भदौ २४ : नेपाली कांग्रेस मनाङले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य टेकबहादुर गुरुङलाई उम्मेदवार बनाउनका लागि सर्वसम्मत सिफारिस गरिएको छ ।

कांग्रेसको जिल्ला कार्यसमिति बैठकले क्षेत्रबाट आएको सिफारिसअनुसार नेता गुरुङलाई एकल र सर्वसम्मतरूपमा सिफारिस गरेको पार्टी सभापति शङ्कर गुरुङले जानकारी दिए । प्रतिनिधिसभा समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि च्युङ गुरुङ (कर्मा)लाई सिफारिस गरिएको छ ।

Hardik ivf

प्रदेशसभा क्षेत्र नं १ (क) मा प्रत्यक्षतर्फ सङ्दो लामा, चन्द्र घले, छिरिङ घ्याल्पो लामा र मुनिन्द्रजङ्ग लामाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ महेन्द्र घलेको नाम सिफारिस गरिएको जनाइएको छ।

प्रदेशसभा क्षेत्र नं १ (ख)मा गठबन्धन सरकारका स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको सभापति गुरुङले बताउनुभयो । गण्डकी प्रदेश सरकारमा गठबन्धनका पार्टी र स्वतन्त्र सांसद सहभागी छन् । यसअघि राजीव गुरुङ (दीपक मनाङगे) मनाङबाट स्वतन्त्ररूपमा प्रत्यक्षबाट निर्वाचित भएका थिए। 

कांग्रेस नेतृत्वको सरकार बनाउन भूमिका खेलेका  खेलकुदमन्त्री गुरुङलाई कांग्रेसले गठबन्धनको भावना र पार्टीको नीतिअनुसार सहयोग गर्ने निर्णय गरेको बताइएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र (ख) समानुपातिकतर्फ कांग्रेसले जनजातितर्फ कर्मा गुरुङ र महिलातर्फ गीता गुरुङलाई सिफारिस गरेको जनाएको छ। 

प्रकाशित मिति: १३:०४ बजे, शुक्रबार, भदौ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्