Kathmandu Press

दोलखाको सुन्द्रावतीमा एक पुरुष मृत फेला

दोलखा, भदाै २४ : दोलखाको कालीञ्चोक गाउँपालिका–९ सुन्द्रावतीस्थित फेदीमा एक पुरुष मृतावस्थामा फेला परेका छन्। कालीञ्चोक–९ फेदीस्थित खेतमा सोही वडा निवासी ४८ वर्षीय भुवन...
दोलखाको सुन्द्रावतीमा एक पुरुष मृत फेला

दोलखा, भदाै २४ : दोलखाको कालीञ्चोक गाउँपालिका–९ सुन्द्रावतीस्थित फेदीमा एक पुरुष मृतावस्थामा फेला परेका छन्। 

कालीञ्चोक–९ फेदीस्थित खेतमा सोही वडा निवासी ४८ वर्षीय भुवन पकुवालको शव फेला परेको प्रहरीले जनाएको छ। घरदेखि केही टाढा खेतको पानी लगाउने कुलोमा घोप्टो परेर लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए। 

मृतक पकुवालको शरीरमा भने कुनै चोटपटक देखिएको छैन। शव हाल परीक्षणका लागि जिल्लास्थित पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:०० बजे, शुक्रबार, भदौ २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्