Kathmandu Press

इथियोपियाको भोकमरी क्षेत्रमा युक्रेनबाट खाद्यान्न पुग्यो

संयुक्त राष्ट्रसंघ, भदाै २४ : खाद्यान्न बोकेका कैयौँ ढुवानी सेवाहरु युक्रेनबाट इथियोपियाको भोकमरीग्रस्त क्षेत्रमा पुगेका संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ।संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले...
इथियोपियाको भोकमरी क्षेत्रमा युक्रेनबाट खाद्यान्न पुग्यो

संयुक्त राष्ट्रसंघ, भदाै २४ : खाद्यान्न बोकेका कैयौँ ढुवानी सेवाहरु युक्रेनबाट इथियोपियाको भोकमरीग्रस्त क्षेत्रमा पुगेका संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ।

संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले विश्व खाद्य कार्यक्रमका ती ढुवानीहरु युक्रेनबाट इथियोपिया पुगेका बताउनुभएको छ।

Hardik ivf

संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताका अनुसार इथियोपियामा खाद्यान्नको अभाव भएको र सो क्षेत्रमा पछिल्ला केही महिना यतादेखि भोकमरी नै सुरु भएकाले ती क्षेत्रमा मानवीय सहायतास्वरुप ती खाद्यान्नका ढुवानी पठाइएको बताइएको हो।

सो खाद्यान्न आगामी महिना दिनसम्मका लागि सहयोग उपलब्ध गराइने छ। युक्रेनको बाटो हुँदै ती सामग्री त्यहाँ लैजानका लागि संयुक्त राष्ट्रसङ्घ र टर्कीले मध्यस्थता गरेका छन्। संयुक्त राष्ट्रसङ्घ र टर्कीको पहलबाट युक्रेन हुदै इथियोपियासम्म पु¥याइएको हो।

आगामी महिना दिनसम्मका लागि सो खाद्यान्नको सहयोग पु¥याइने छ। एक महिनामा यहाँका कम्तीमा पनि १५ लाख मानिसका लागि सहयोग गरिने छ।

इथियोपियाको आदमा शहरमा सो खाद्यान्न भण्डारण गरिएको छ र ती डुवानीहरु त्यहीँबाट फर्काइएको बताइएको छ।आदमा शहरमा विश्व खाद्य कार्यक्रमको कार्यालय रहेका स्थानमा ती खाद्यान्न भण्डारण गरिने र आगामी हप्तादेखि सो खाद्यान्न वितरण गरिने पनि जनाइएको छ।

आन्तरिक द्वन्द्व तथा खडेरी आदि कारणले गर्दा यहाँ भोकमरी सुरु भएपछि सो आदमा शहर र त्यसको वरपर लाखौँ इथियोपियाली विस्थापित भएर बसेका छन्।

उनीहरुका लागि सो खाद्यान्न वितरण गरिने संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिनुभएको छ।

प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, भदौ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्