Kathmandu Press

रुसी सेनाको कारबाहीमा सिरियामा १२० विद्रोही मारिए

दमासकस, भदाै २४ : रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि १ सय २० जना लडाका मारिएका...
रुसी सेनाको कारबाहीमा सिरियामा १२० विद्रोही मारिए

दमासकस, भदाै २४ : रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि १ सय २० जना लडाका मारिएका छन्।

सो समूह अल कायदा आतंककारी समूहसँग आबद्ध रहेको बताइएको छ। सिरियाको उत्तर पश्चिमी क्षेत्रमा सो समूहका लडाकाहरुले हिंसा मच्चाइरहेका छन्। तिनै समूहका लडाकाहरुलाई लक्ष्य गरेर बिहीबार रुसी सेनाले सिरियाको उत्तरपश्चिमी एक प्रान्तमा हवाई कारबाही गरेको हो।

रुसी सेनाको सो हवाई कारबाहीका क्रममा परेर कम्तीमा पनि १ सय २० जना लडाका मारिएका छन् भने अरु केही घाइते भएका छन्। सिरियाली इदलिब नगरको नजिक सो समूहको तालिम केन्द्र सञ्चालनमा रहेको सूचनाका आधारमा सो सैन्य हमला भएको थियो। बिहीबार सो क्षेत्रमा रुसी लडाकू विमानले १४ वटा आक्रमण गरेका थिए।

त्यस क्रममा यहाँ रहेको सो तालिम केन्द्रका सामग्रीहरु पनि ध्वस्त भएका थिए भने सो तालिम केन्द्रमा आश्रय लिएर बसेका लडाकाहरु मारिएका थिए।

प्रकाशित मिति: १२:२२ बजे, शुक्रबार, भदौ २४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्