उसु खेलमा विवाद, दर्शकले बोतल फाल्दा खेल रोकियो
काठमाडौं, मंसिर १८ : १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत आज बिहान उसु खेलमा विवाद भएको छ।
लगनखेलस्थित नेपाली सेनाको तालिम त....
काठमाडौं, मंसिर १८ : १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत आज बिहान उसु खेलमा विवाद भएको छ।
लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रमा संचालन भएको उसुको पुरुषतर्फको ताइजीमा नेपाल, भारत, श्रीलंका र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा थिए।
फल्ट गणना गर्दा श्रीलंकाका खेलाडीलाई धेरै अंक दिएको भन्दै नेपाल र भारतका प्रशिक्षकले विरोध गरेका हुन्। श्रीलंकाका थरिन्दु निर्मल अनुराधाले ९.२१, भारतका ज्ञानदेश सिंहले ९.१५ र नेपालका हरिप्रसाद गोलले ९.०५ अंक पाएका थिए।
विरोध हुन थालेपछि दर्शकले मैदानमा बोतल फालेका छन्। जसले गर्दा खेल रोकिएको छ।
प्रकाशित मिति: १०:५२ बजे, बुधबार, मंसिर १८, २०७६
थप समाचार






