कार्यकारी अध्यक्ष भएपछि पहिलो पटक प्रचण्डको अध्यक्षतामा सचिवालय बैठक
काठमाडौं, मंसिर १८ : कार्यकारी अध्यक्ष भएपछि पहिलो पटक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा नेकपा सचिवालय बैठक सुरू भएको छ।
बु....
काठमाडौं, मंसिर १८ : कार्यकारी अध्यक्ष भएपछि पहिलो पटक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा नेकपा सचिवालय बैठक सुरू भएको छ।
बुधबार बिहान नेकपा केन्द्रीय कार्यालय, धुम्बाराहीमा सचिवालय बैठक सुरू भएको हो। बैठकमा उपनिर्वाचनको समीक्षा गरिने जनाएको छ।
त्यस्तै, नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे पनि जानकारी दिइने जनाएको छ। प्रधानमन्त्री ओली मंसिर १० गतेदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्।
उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको छ। त्यहीँ केही दिनयता मिर्गौलाको डायलासिस पनि भइरहेको छ।
प्रचण्डले कार्यकारी अध्यक्ष भएपछि पहिलो पटक सचिवालय बैठक बोलाएका हुन्। नेकपा सचिवालय बैठकले मंसिर ४ गते प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको थियो।






