Kathmandu Press

चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो
Hardik ivf

सिचुवान, भदाै २३ : चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लुडिङ काउन्टीमा सोमबार आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८६  पुगेको छ भने ३५ जना अझै बेपत्ता छन्।

बिहीबार दिउँसोसम्म मृत्यु हुने मध्ये ५० जना गान्जी तिब्बती स्वायत्त प्रान्तका र ३६ जना यान शहरका रहेको बताइएको छ।

चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार गान्जीको लुडिङ काउन्टीमा दिउँसो १२ बजेर ५२ मिनेटमा  सोमबार भूकम्प गएको हो।

प्रकाशित मिति: २०:२५ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्