Kathmandu Press

पाकिस्तानको क्वेटामा ग्रेनेड आक्रमण, सात जना घाइते

पाकिस्तानको क्वेटामा ग्रेनेड आक्रमण, सात जना घाइते

क्वेटा, भदाै २३ : बुधबार राति क्वेटाको खुरम-ए-दाद चोकमा अज्ञात मोटरसाइकल चालकहरूले ग्रेनेड प्रहार गर्दा एक महिला र एक नाबालिग बालिका सहित कम्तीमा सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीका अनुसार सेफिर मस्जिद नजिकैको राउन्डअबाउटमा केही मोटरसाइकल चालकहरूले हाते ग्रिनेड प्रहार गरेपछि सात जना घाइते भएको र तीमध्ये तीनजना गम्भीर घाइते रहेको  डनले रिपोर्ट गरेको छ। प्रहरी र अन्य कानून प्रवर्तन निकायका कर्मचारीहरू विस्फोटस्थलमा पुगेर घाइतेहरूलाई सिभिल अस्पतालमा लगिएको  बताइएको छ। आक्रमणकारीहरू भने हालसम्म बेपत्ता छन्।

'हामीले आक्रमणकारी बारे अनुसन्धान गरिरहेका छौं,' प्रहरी अधिकारीहरूले भनेका छन्। डनका अनुसार कलानको इमामबारगाहको सुरक्षा गर्न खुरम-ए-दाद चोकमा फ्रन्टियर कोरको चेक पोस्ट पनि रहेको थियो।

पाकिस्तानमा हालैका दिनहरूमा यस किसिमका  आक्रमण र अराजकताका थुप्रै  घटनाहरू सामना गरिरहेको छ।

प्रकाशित मिति: २०:११ बजे, बिहीबार, भदौ २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्