Kathmandu Press

राष्ट्रपतिबाट म्यानमार र मलेसियाका लागि राजदूत नियुक्त

काठमाडाैं, भदाै २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमार र डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा आज नियुक्त गरेकी छन।नेपालको...
राष्ट्रपतिबाट म्यानमार र मलेसियाका लागि राजदूत नियुक्त

काठमाडाैं, भदाै २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले हरिश्चन्द्र घिमिरेलाई म्यानमार र डिल्लीराज पौडेललाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा आज नियुक्त गरेकी छन।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरेकाे राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपति भण्डारीले आजै संयुक्त अधिराज्य बेलायतका लागि नेपालका आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टाका लागि र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन।

 

प्रकाशित मिति: २०:०७ बजे, बिहीबार, भदौ २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्