सशस्त्रमा जागिर खाने अवसर (बिज्ञापनसहित)
काठमाडौं, मंसिर १८ : सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) मा जागिर खुलेको छ ।
एपीएफले आज एक सुचना जारी गर्दै प्रहरी निरीक्षक तर्फ ५८ र प्रहरी सहा....

काठमाडौं, मंसिर १८ : सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) मा जागिर खुलेको छ ।
एपीएफले आज एक सुचना जारी गर्दै प्रहरी निरीक्षक तर्फ ५८ र प्रहरी सहायक निरीक्षक तर्फ २३९ पदका लागि दरखास्त आह्वान गरेको छ ।
२१ बर्ष पुगी २५ बर्ष ननाघेका र बिज्ञापनमा भनिएका अन्य योग्यता पुगेका उम्मेद्वारले निरीक्षक पदका लागि दरखास्त दिन सक्नेछन् भने १८ बर्ष पुगी २३बर्ष ननाघेकाले सहायक निरीक्षक पदमा दरखास्त दिन सक्नेछन् ।
इच्छुक योग्य उम्मेदवारले आजदेखि पुस १७ सम्म प्रधान कार्यालय स्यम्भूसँगै सुनसरीको पकली, बर्दिबास, मकवानपुर, पोखरा, चन्द्रौटा, सुर्खेत र अत्तरियाबाट पनि दरखास्त दिन सक्नेछन् । निरिक्षकका लागि १ हजार र सहायकका लागि ३ सय परीक्षा दस्तुर तोकिएको छ ।












