Kathmandu Press

अध्यक्ष तिमिल्सिना र नेपाल भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिमण्डलबीच भेट

काठमाडौं, भदौ २३ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डेनियल साल्मन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ। सिंहदरबारस्थित...
अध्यक्ष तिमिल्सिना र नेपाल भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिमण्डलबीच भेट

काठमाडौं, भदौ २३ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष डेनियल साल्मन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ। 

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भएको भेटमा नेपाल–फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पु¥याएको योगदानको अध्यक्ष तिमिल्सिनाले प्रशंसा गरे। 

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताए। दुई देशबीचको सम्बन्ध सुमधुर र मैत्रीपूर्ण रहेको तथा मित्रता, सद्भाव र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणको आदान प्रदानले विद्यमान सम्बन्धलाई गति दिने विश्वास पनि उनले व्यक्त गरे। 

‘दुवै देशका संसदले आ–आफ्नो पक्षबाट योगदान गरेका छन् । यस्ता उत्कृष्ट अभ्यास र योगदानलाई हामी हाम्रा जनताको हितमा लगाउन सक्दछौँ,’ उनले भने, ‘दुवै संसद्मा नेपाल–फ्रान्स संसदीय समूह गठन भएकामा म खुसी व्यक्त गर्न चाहन्छु।’

अध्यक्ष तिमिल्सिनाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको समर्थनको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण पनि गरे। 
 

प्रकाशित मिति: १७:४२ बजे, बिहीबार, भदौ २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्