जापानको भाषा परीक्षामा एक जना मात्र पास
काठमाडौं, मंसिर १८ : जापानमा नर्सिङ केयर गिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन् ।
जापान फाउन्डेसले लिएको नर्सिङ केयरगिभरको सीप प....

काठमाडौं, मंसिर १८ : जापानमा नर्सिङ केयर गिभरका लागि पहिलो चरणमा नेपाली जान नपाउने भएका छन् ।
जापान फाउन्डेसले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ सहभागी भएका मध्ये भाषा परीक्षामा मात्र एक जना उत्तिर्ण भएका छन् । नेपाल र जापानको श्रम समझदारीअनुसार नर्सिङ केयरगिभरमा जाने कामदारले नर्सिङ सेवा सम्बन्धी भाषा र सीप उत्तिर्ण हुनुपर्ने प्रावधान छ ।
अनलाइनमार्फत आवेदन दिएकामध्ये लक्की ड्र बाट छानेर जापान फाउन्डेसनले परीक्षा लिएको थियो । कुन क्षेत्रमा जाने कामदारले कुन पाठ्यक्रमअनुसार परीक्षा दिनुपर्ने हो प्रष्ट नहुँदा परीक्षार्थी अन्योलमा परेर फेल भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विश्लेषण छ ।
जापानले मन्त्रालयलाई उपलब्ध गराएको प्रारम्भिर सूचना अनुसार भाषा परीक्षामा १३ हजार नेपालीले आवेदन दिएका थिए । यसबाट परीक्षाका लागि लक्की ड्रबाट एक हजार जना छानिएका थिए ।
यसबाट पनि सामान्य परीक्षाका लागि भने ५ हजार ९ जना छानिएका थिए । यसमा ५६ जना उत्तिर्ण भए ।











