Kathmandu Press

‘कुपोषणको थप समस्यामा सोमालियाका बालबालिकाका’

काठमाडाैं, भदाै २३ : संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ।कोषले यहाँ केही समययतादेखि अनिकाल परिरहेकाले...
‘कुपोषणको थप समस्यामा सोमालियाका बालबालिकाका’

काठमाडाैं, भदाै २३ : संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सोमालियाका बालबालिकामा कुपोषणको समस्या थप बढ्ने चेतावनी दिएको छ।

कोषले यहाँ केही समययतादेखि अनिकाल परिरहेकाले यसका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या देखिएको र यो अवस्था अझै बढ्नसक्ने बताएको हो। 

सोमालियाका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोषका प्रतिनिधि वाफा अब्देलतेफले सो कुरा बताएका हुन्। उनले भनेका छन्, ‘यहाँका बालबालिकामा अहिले पनि कुपोषणको समस्या देखिएको छ।

Hardik ivf

यसैबीचमा केही समय यतादेखि खाद्यान्नको अभाव रहेको र यही अनिकालका कारण यहाँका बालबालिकामा कुपोषणको समस्या थप बढ्न सक्ने देखिएको छ।’

यहाँ कुपोषणको समस्या कम्तीमा पनि १५ लाख बालबालिकामा पुगेको छ। यो सङ्ख्या यहाँको पाँच वर्ष मुनिका बालबालिकाको सङ्ख्याको करिब आधाजति नै हो। 

यसरी पाँच वर्ष मुनिका बालबालिकाको सङ्ख्याको आधा जतिलाई कुपोषणको समस्या देखिनुलाई बाल स्वास्थ्यका क्षेत्रको निकै ठूलो चुनौतीका रूपमा हेर्नुपर्ने अवस्था रहेको पनि उनले बताएका छन्। 

यहाँ कुपोषण देखा परेका बालबालिकाको सङ्ख्यामध्ये करिब ४ लाख बालबालिकालाई त अस्पताल भर्ना गरेर राम्रोसँग उपचार नै गर्नुपर्ने अवस्था रहेको पनि बताइएको छ। 

यो वर्तमान अवस्था अझै बढ्दै जाने हो भने सोमालियामा बालस्वास्थ्यका क्षेत्रमा निकै ठुलो चुनौती देखा पर्नसक्ने अवस्था रहेको पनि संयुक्त राष्ट्रसंघीय बालकोषले जनाएको छ। 

गएको जनवरीदेखि यतासम्मको तथ्यांकमा यहाँका ७ सय ३० जना कुपोषित बालबालिका खाद्यकेन्द्र तथा अस्पतालमा उपचारका क्रममा नै मृत्यु भइसकेको पनि संयुक्त राष्ट्रसंघीय बालकोषले जनाएको छ। 

प्रकाशित मिति: १४:२२ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्