Kathmandu Press

श्रीलंकामा ३७ राज्य मन्त्रीद्वारा शपथग्रहण

काेलम्बाे, भदाै २१ : श्रीलंका राष्ट्रपति रनिल विक्रमासिंघेले बिहीबार ३७ राज्य मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्।राष्ट्रपतिको कार्यालयका अनुसार राज्य मन्त्रीहरूलाई राजधानी...
श्रीलंकामा ३७ राज्य मन्त्रीद्वारा शपथग्रहण

काेलम्बाे, भदाै २१ : श्रीलंका राष्ट्रपति रनिल विक्रमासिंघेले बिहीबार ३७ राज्य मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार राज्य मन्त्रीहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रपतिको सचिवालयमा पद तथा गोपनीयताको शपथ खुवाइएको हो।

Hardik ivf

शपथ खानेहमा सेहान सेमासिंघे अर्थ, प्रमिथा बन्दरा तेनाकून रक्षा, थाराका बालासुरिया विदेशमामिला राज्यमन्त्री नियुक्त भएका छन्। उहाँहरूले छिट्टै आफ्नो जिम्मेवारी सम्हाल्ने बताइएको छ। 

संकटग्रस्त श्रीलंकामा विदेशी मुद्रा अभावका कारण इन्धन तथा अतिआवश्यक दैनिक सामग्री खरिद गर्नसमेत समस्या भएपछि एकपछि अर्को गर्दै यहाँको जनजीवन नै प्रभावित बनेको छ । 

राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित बनेपछि देशको अर्थतन्त्र क्रमशः सम्हालिँदै गएका संकेतहरू देखिए पनि अझै आर्थिक संकट र यसका कारण आउने समस्याहरूको उल्लेख्य समाधान भने भइसकेको छैन। 

प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, भदौ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्