Kathmandu Press

कमला नदीमा झोलुङ्गे पुल निर्माण गरिँदै

धनुषा, भदौ २३ : सिराहा नगरपालिका–१३ मल्हनियाँदेखि धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल गाउँ जोड्ने गरी कमला नदीमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ। एक हजार...
कमला नदीमा झोलुङ्गे पुल निर्माण गरिँदै

धनुषा, भदौ २३ : सिराहा नगरपालिका–१३ मल्हनियाँदेखि धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल गाउँ जोड्ने गरी कमला नदीमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ। एक हजार पाँच सय मिटर लम्बाइको झोलुङ्गे पुल नेपालकै लामो भएको दाबी गरिएको छ। 

यसअघि सबैभन्दा लामो झोलुङ्गे पुल (एक हजार चार सय ५६ मिटर) कञ्चनपुरको दोधारा चाँदनीस्थि महाकाली नदीमा निर्माण गरिएको छ । तराई–मधेसको लाइफलाइन मानिएको हुलाकी सडकअन्तर्गत रहेको कमला पुल २०६८ सालमा निर्माण गर्न पप्पु कन्स्ट्रक्सन र लुम्बिनी विल्डर्सले ठेक्का पाएको थियो। काम समयमा नसकाएपछि उक्त कम्पनीविरुद्ध  स्थानीयले आन्दोलन समेत गरेका थिए। 

त्यसपछि सपना–उमा एण्ड थानी जेभी बत्तीसपुतलीसँग रु २१ करोड ५१ लाखमा पुल बनाउन गत असारमा सम्झौता गरिएको थियो । निर्माणमा संलग्न इन्जिनियर उपेन्द्र देवकोटाका अनुसार दुई वर्षभित्र निर्माण पूरा गर्ने गरी सम्झौता भएको हो । अहिले सिराहा नगरपालिका–१३ मल्हनियामा निर्माणको काम धमाधम भइरहेको छ।  

प्रकाशित मिति: १३:२४ बजे, बिहीबार, भदौ २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्