Kathmandu Press

एलेप्पोमा भवन भत्किँदा १० जनाको मृत्यु

दमासकस, भदौ २३ : सिरियाको उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा  दश जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित समाचार समिति...
एलेप्पोमा भवन भत्किँदा १० जनाको मृत्यु

दमासकस, भदौ २३ : सिरियाको उत्तरी सहर एलेप्पोमा बुधबार एउटा पाँच तले आवासीय भवन भत्किँदा कम्तीमा  दश जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जनाएको छ।

अल–फरदोसको छिमेकमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएको भग्नावशेषमा छ महिला, तीन बालबालिका र एक पुरुषको शव फेला परेको जनाएको छ।

एक महिला र बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको छ। घटनापछि अधिकारीहरूले नजिकका भवनहरु खाली गर्न लगाइएको बताइएको छ। 

भत्किएको भवन  गैर कानुनी तरीकाबाट निर्माण भएको अलेप्पोका अधिकारीहरूलाई उद्धृत गर्दै सानाले जानकारी दिएको छ।

सिरियामा वर्षौदेखि जारी युद्धका कारण एलेप्पो सहर ध्वस्त भएको छ। यस सहरमा शरणार्थी स्थलबाट फर्केका केही  बासिन्दाहरू क्षतिग्रस्त वा आंशिक रूपमा मर्मत गरिएको भवनहरुमा बस्छन्।  

प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, भदौ २३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्