Kathmandu Press

महामारीमा पनि स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार : राज्यमन्त्री केसी

काठमाडाैं, भदाै २२ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले कोरोना महामारीका बीचमा पनि नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकाे...
महामारीमा पनि स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार : राज्यमन्त्री केसी
Hardik ivf

काठमाडाैं, भदाै २२ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हिराचन्द्र केसीले कोरोना महामारीका बीचमा पनि नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकाे बताएका छन। भूटानमा विश्वस्वास्थ्य सङ्गठन क्षेत्रीय समितिको दक्षिणपूर्व एशियाको ७५औँ अधिवेशनमा उनले सम्बोधन क्रममा बहुजोखिमका जनस्वास्थ्यका आकस्मिक अवस्थालाई सामना गर्न सक्षम स्वास्थ्य क्षेत्र तयार गर्नका लागि धेरै लगानी तथा मेहनत गर्नुपर्ने बताए।

उनले नेपालले दादुरा रुबेला तथा औलो रोगको निवारणको लक्ष्य प्राप्तितर्फ उल्लेख्य उपलब्धि हासिल गरेको भन्दै स्वास्थ्य क्षेत्रको मानवस्रोत, स्वास्थ्य क्षेत्रको वित्तीयकरण, नसर्ने रोगका लागि बहुक्षेत्रीय कार्ययोजनालगायत नीतिगत सुधारका कदमसमेत चालेका उल्लेख गरे।

उनले सन् २०२१ मा कोभिड–१९ विरुद्धको राष्ट्रिय खोप कार्यक्रम लागू गर्ने यस क्षेत्रकै अग्रणी राष्ट्रमध्ये नेपाल पर्न सफल भएकोसमेत बताए। आकस्मिक अवस्थामा समेत अत्यावश्यक स्वास्थ्य सेवालाई सञ्चालन राख्न वैकल्पिक सेवा प्रवाहका माध्यम तथा सञ्जाल अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो। स्वास्थ्य राज्यमन्त्री केसी बिहीबार स्वदेश फर्किने हुनेछ।

प्रकाशित मिति: १९:५८ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्