गठबन्धनलाई निरन्तरता दिनु आजको आवश्यकता : उपेन्द्र यादव
वीरगञ्ज, भदाै २२ : जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने आजको आवश्यकता...
वीरगञ्ज, भदाै २२ : जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने आजको आवश्यकता भएको बताएका छन।
पर्साको वीरगञ्जमा आज जसपाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष यादवले साझेदार गठबन्धनबाट जसपालाई उचित स्थानसमेत दिनुपर्ने बताए। जसपाको हैसियतअनुसार सिट बाँडफाँट नगरिए जसपा एक्लै चुनाव लड्ने उद्योष गर्दै त्यहीअनुसारको तयारीमा लाग्न नेता कार्यकर्तालाई यादवले निर्देशनसमेत दिए।
सङ्घीयता र गणतन्त्रको जननी मधेसी दल रहेको दाबी गर्दै यादवले मधेस र मधेसवासीको पहल कदमीका कारण मुलुकमा सङ्घीयता र गणतन्त्र आएको बताए। त्यसैले सङ्घीयता, गणतन्त्रलगायतका प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने मुख्य अभिभारा जसपाकै भएको उल्लेख गरे।
प्रकाशित मिति: १९:२८ बजे, बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












