Kathmandu Press

लार्भा र अण्डा नष्ट गर्ने अभियान सञ्चालन गर्न अपिल

काठमाडौँ, भदाै २३ : जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सबैलाई हप्ताका एक दिन लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्न अभियान सञ्चालन गर्न अपिल गरेको...
लार्भा र अण्डा नष्ट गर्ने अभियान सञ्चालन गर्न अपिल
Hardik ivf

काठमाडौँ, भदाै २२ : जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सबैलाई हप्ताका एक दिन लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्न अभियान सञ्चालन गर्न अपिल गरेको छ। कार्यालय प्रमुख वसन्त अधिकारीले डेङ्गुको सङ्क्रमण बढिरहेकाले सबैलाई हप्ताको एक दिन घर वरिपरिको पानी जमेको स्थानमा रहेका लामखुट्टको लार्भा तथा अण्डा नष्ट गर्न अपिल गरेका छन। उनले डेङ्गुको नियन्त्रण लामखुट्टेको नियन्त्रणबाट मात्र सम्भव हुने भएकाले एक पटक मात्र लार्भा र अण्डा नष्ट नगरेर पटकपटक गर्नुपर्ने बताए।

लार्भा खोज र नष्ट गर्ने अभियान वडा तथा टोलस्तरमा जनप्रतिनिधि, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका टोली परिचालन भएको भन्दै उनले निरन्तर दुई महिनासम्म हप्तामा एक पटक अभियान सञ्चालन गर्नुपर्ने बताए।

काठमाडौँ र ललितपुर महानगरले पनि लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरेका छन्। उनले अभियान सञ्चालन गर्दा पानी जम्न सक्ने भाडाजस्तै गमला, फूलदानी, ड्रम, गाडीको काम नलाग्ने टायर, बाहिर फालिएका प्लाष्टिकको बोतल, तथा भाडा, पानी जम्ने गरी राख्ने भाडा आदिमा लामखुट्टेको लार्भा तथा अण्डा पाइने हुँदा उक्त स्थानमा जमेको पानी खाली गर्नुपर्दछ। यस वर्ष छ हजार दुई सय छमा डेङ्गुको सङ्क्रमण देखिएको छ।

प्रकाशित मिति: १८:५१ बजे, बुधबार, भदौ २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्