Kathmandu Press

वायु प्रदूषण न्यूनीकरण गर्न साझा पहल आवश्यक छ : मन्त्री यादव

काठमाडाैं, भदाै २३ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले वायु प्रदूषण कुनै एक देशको मात्रै समस्या नभई यसको फैलावट तथा प्रभाव क्षेत्र सीमापार...
वायु प्रदूषण न्यूनीकरण गर्न साझा पहल आवश्यक छ : मन्त्री यादव

काठमाडाैं, भदाै २२ : वन तथा वातावरणमन्त्री प्रदीप यादवले वायु प्रदूषण कुनै एक देशको मात्रै समस्या नभई यसको फैलावट तथा प्रभाव क्षेत्र सीमापार प्रकृतिको हुने भएकाले यसको प्रभाव न्यूनीकरणका लागि साझा पहल आवश्यक रहेको बताएका छन।

वातावरण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले वायु प्रदूषण न्यूनीकरण गर्न सबै क्षेत्र र तह तप्काबाट आवश्यक पहल गर्न जरुरी रहेको बताए। उनले भने,'वायु प्रदूषण कुनै एक देशको मात्रै समस्या होइन, यो साझा समस्या भएकाले न्यूनीकरणका लागि सबैको पहल आवश्यक छ।' वायु प्रदूषणका नकारात्मक प्रभावले देशको पर्यावरणीय सन्तुलनमा मात्र भनई मानव स्वास्थ्य, कृषि उत्पादन तथा आर्थिक वृद्धिमा समेत असर पर्न गई समग्र विकासक्रम नै बिथोलिन थालेकोप्रति मन्त्री यादवले चिन्ता व्यक्त गरे।

Hardik ivf

यसैगरी उनले विकास र वातावरण एकापसका प्रतिद्वन्द्वी नभई परिपूरक हुन् भन्ने दिगो विकासको अवधारणाबमोजिम नै नेपाल सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्नसक्ने सम्भावित असरलाई अनिवार्यरुपमा सम्बोधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको बताए।

वायु प्रदूषण न्यूनीकरणका लागि सरकारले विभिन्न नीति नियम बनाएको भए पनि कार्यान्वयन पक्ष फितलो भएका कारण समस्या बढ्दै गएको मन्त्री यादवले बताए। पूर्वतयारी नहुँदा पछिल्लो समय जङ्गलमा आगलागी हुने तथा वायु प्रदूषण बढ्दै गइरहेकाले हामीले आगलागीजस्ता घटना हुन नदिनका लागि पूर्वतयारी अपनाउन आवश्यक रहेकोसमेत उनले बताए।

प्रकाशित मिति: १८:२३ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्