मिडिया विधेयक छलफलका लागि समितिमा

काठमाडौं, भदौ २२ : नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।
उक्त प्रस्ताव निर्णयार्थ पेश गर्नुअघि सांसद प्रेम सुवालले बैठकको गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले गणपूरक सङ्ख्या यकिन गर्न निर्देशन गरेका थिए।
गणपुरक सङ्ख्या पुगेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २५ गते शनिबार दिउँसो १ बजे बस्नेछ।
प्रकाशित मिति: १७:५१ बजे, बुधबार, भदौ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
