Kathmandu Press

क्यामरूनको अङ्ग्रेजीभाषी क्षेत्रमा पाँच जना मारिए

याउन्डे, भदाै २२ : अङ्ग्रेजीभाषीको बाहुल्य रहेको क्यामरूनको दक्षिणपश्चिम भेगमा सन्दिग्ध पृथकतावादीले यात्रुवाहक एउटा बसमा आक्रमण गर्दा पाँच जना मारिएका तथा अन्य तीन...
क्यामरूनको अङ्ग्रेजीभाषी क्षेत्रमा पाँच जना मारिए

याउन्डे, भदाै २२ : अङ्ग्रेजीभाषीको बाहुल्य रहेको क्यामरूनको दक्षिणपश्चिम भेगमा सन्दिग्ध पृथकतावादीले यात्रुवाहक एउटा बसमा आक्रमण गर्दा पाँच जना मारिएका तथा अन्य तीन जना घाइते भएका छन्।

कुम्बा क्षेत्रबाट वुबातर्फ गइरहेको बसमाथि एकोना इलाकाको राजमार्गमा आक्रमण भएको बताउँदै स्थानीय अधिकारीहरूले चार जना यात्री र बसका चालक मारिएका जनाएका छन्।

चार जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको एक जना वरिष्ठ सैनिक अधिकारीले सिह्वालाई फोनमा बताए।

घटनास्थलमा सुरक्षा फौज पुगेका तर उनीहरूलाई देखेर पृथकतावादीहरू भागेका उनले बताए। घाइते तीनैजना महिला हुन्। उनीहरूको वुबा क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। 

ग्रीष्मकालीन बिदापछि सोबारदेखि खुलेका अङ्ग्रेजीभाषीका विद्यालय बन्द गराउन पृथकतावादीले आक्रमण गरेका हुन्।

देशको उत्तरपश्चिम तथा दक्षिणपश्चिम क्षेत्रमा स्वतन्त्र राज्य बनाउन चाहने पृथकतावादीले सरकारी विद्यालय सञ्चालन गर्न नदिने चेतावनी दिएका छन्। 

प्रकाशित मिति: १६:४२ बजे, बुधबार, भदौ २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्