साग महिला भलिबलमा स्वर्ण जित्नबाट चुक्यो नेपाल
काठमाडौं, मंसिर १७ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपाल स्वर्ण पदक जित्नबाट चुकेको छ।
मंगलबार साँझ&nb....
काठमाडौं, मंसिर १७ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपाल स्वर्ण पदक जित्नबाट चुकेको छ।
मंगलबार साँझ त्रिपुरेश्वरस्थित राखेपको कर्भड हलमा भएको फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि नेपालले रजत पदकमै चित्त बुझाउनु परेको हो।
जितसँगै भारतले भने स्वर्ण पदक हात पारेको छ। पहिलो सेट २५–१७ ले भारतसँग गुमाएको नेपाल त्यसपछि दुई सेट जित्न सफल भएको थियो।
भारविरुद्ध दोस्रो सेटमा २५–२४ र तेस्रो सेटमा २५–२१ को जित निकालेको नेपालले त्यसपछि भने लय गुमायो।
चाथौ सेटमा नेपाल भारतसँग २५–२० ले पराजित भएको थियो। त्यसपछि भएको उपाधिको छिनोफानोका लागि अन्तिम सेट महत्वपूर्ण थियो। महत्वपूर्ण अन्तिम सेटमा नेपाल भारतसँग १५–६ ले पराजित भयो।






