Kathmandu Press

युगान्डा पहिरोमा १५ जना पुरिए

कम्पाला, भदाै २२ : युगान्डाको पश्चिमी जिल्ला कासेसेमा पहिराले पुरिएर १५ जनाको ज्यान गएको छ। पहिराले पुरेका कासिका गाउँका १५ जनाको शव निकालिएको युगान्डा...
युगान्डा पहिरोमा १५ जना पुरिए

कम्पाला, भदाै २२ : युगान्डाको पश्चिमी जिल्ला कासेसेमा पहिराले पुरिएर १५ जनाको ज्यान गएको छ। पहिराले पुरेका कासिका गाउँका १५ जनाको शव निकालिएको युगान्डा रेडक्रस सोसाइटी (युआरसीएस) ले जनाएको छ। 

यूआरसीएसका अनुसार छ जना घाइतेको जीवितै उद्धार गरिएको छ। उनीहरूलाई कासेसे नगरपालिकास्थित सेन्ट पल अस्पतालमा ‘रिफर’ गरिएको छ।

Hardik ivf

मंगलबार राति परेको मुसलधारे वर्षाका कारण पहिरो खस्दा केही घर पुरिएका आशंका गरिएको छ। उक्त स्थानमा उद्धार तथा खोजी जारी छ ।

विगत केही दिनयता युगान्डाको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ जसले बाढीपहिराका घटना बढाउनका साथै मानवीय एवम् बालीनालीसहित भौतिक क्षति निम्त्याएको छ।

शनिबार छिमेकी बुन्डिबुग्यो जिल्लामा भीषण वर्षापछि आएको पहिरोमा परी चार जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: १६:३६ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्