Kathmandu Press

बेथाञ्चोकमा वृक्षारोपण

काभ्रे, भदौ २२ : १९ औं निजामती सेवा दिवसका अवसरमा काभ्रेको बेथाञ्चोक गाउँपालिकामा वृक्षारोपण गरिएको छ। बुधबार बेनाञ्चोक–२ को ग्वाभञ्ज्याङस्थित नांगेचौर पर्यटकीय स्थल...
बेथाञ्चोकमा वृक्षारोपण

काभ्रे, भदौ २२ : १९ औं निजामती सेवा दिवसका अवसरमा काभ्रेको बेथाञ्चोक गाउँपालिकामा वृक्षारोपण गरिएको छ। बुधबार बेनाञ्चोक–२ को ग्वाभञ्ज्याङस्थित नांगेचौर पर्यटकीय स्थल वरपर वृक्षारोपण गरिएको हो।

‘व्यवसायिक र सिर्जनशील प्रशासन विकास समृद्धि र सुशासन’ भन्ने मुल नाराका साथ निजामती सेवा दिवस वृक्षारोपण कार्यक्रम आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीले बताए ।

Hardik ivf

 गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य र गाउँपालिका कर्मचारीहरुको उपस्थिति थियो।  गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले निजामती सेवा दिवसको थालनी र उदेश्यमा  माथि प्रकाश पार्दै निजामती कर्मचारीहरुले सिमित श्रोत र साधनको उपयोगले सार्वजनिक सेवा प्रवाह गर्दै जनताको सेवामा लाग्नुपर्नेमा जोड दिए ।

प्रमुख अतिथि तिमल्सिनाले तीनै तहका सरकारको नीति कार्यक्रम कार्यान्वयन गर्दै विकास र समृद्धि ल्याउने कार्यमा निजामती कर्मचारीको भूमिका महत्चपूर्ण हेने बताइन् । उनले निजामती कर्मचारीहरुसंगै हातेमालो गर्दै समृद्ध बेथानचोक बनाउन सधैं सकारात्मक साथ सहयोगको अपेक्षा रहने बताइन्।

 

प्रकाशित मिति: १६:१९ बजे, बुधबार, भदौ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्