Kathmandu Press

प्रेस युनियन काठमाडौंको कार्यवाहक अध्यक्षमा रेग्मी

काठमाडाैं, भदाै २२ : नेपाल प्रेस युनियन काठमाडौं जिल्ला कार्यसमितिको कार्यवाहक अध्यक्षमा शाखाका उपाध्यक्ष अच्युत रेग्मी चयन भएका छन्।काठमाडौं शाखाको रिक्त अध्यक्ष पदमा प्रेस...
प्रेस युनियन काठमाडौंको कार्यवाहक अध्यक्षमा रेग्मी

काठमाडाैं, भदाै २२ : नेपाल प्रेस युनियन काठमाडौं जिल्ला कार्यसमितिको कार्यवाहक अध्यक्षमा शाखाका उपाध्यक्ष अच्युत रेग्मी चयन भएका छन्।

काठमाडौं शाखाको रिक्त अध्यक्ष पदमा प्रेस युनियन केन्द्रको निर्णयानुसार उपाध्यक्ष रेग्मीले कार्यवाहकको जिम्मेवारी पाएका हून्।

शाखाका अध्यक्ष जगन्नाथ दुलालले प्रेस युनियनको हेटौँडामा गत साउन ६ र ७ गते सम्पन्न नवौँ महाधिवेशनमा उम्मेदवारी दिएसँगै विधानअनुसार जिल्ला अध्यक्ष पद स्वतः रिक्त भएको थियो।

विगत आठ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस) मा स्थानीय समाचारदाताका रुपमा कार्यरत रेग्मी काठमाडौँ उपत्यकालाई आफ्नो क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका छन्।

प्रकाशित मिति: १५:५८ बजे, बुधबार, भदौ २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्