Kathmandu Press

तेक्वान्दोमा वीरबहादुरले जिते स्वर्ण

काठमाडौं, मंसिर १७ : १३ औं साग अन्तर्गत तेक्वान्दोमा नेपालका वीरबहादुर महराले स्वर्ण पदक जितेका छन्। 

मंगलबार भएको पुरुष ६८ केजी तौल सम....

तेक्वान्दोमा वीरबहादुरले जिते स्वर्ण

काठमाडौं, मंसिर १७ : १३ औं साग अन्तर्गत तेक्वान्दोमा नेपालका वीरबहादुर महराले स्वर्ण पदक जितेका छन्। 

मंगलबार भएको पुरुष ६८ केजी तौल समूहमा प्रतिस्पर्धामा वीरबहादुरले स्वर्ण पदक हात पारेका हुन्। स्वर्ण जित्ने क्रममा वीरबहादुरले पाकिस्तानी खेलाडीलाई ४१–३६ ले पराजित गरेका थिए।

यसअघि वीरबहादुरले सेमिफाइनलमा भारतका पृथ्वीराज चौहानलाई पराजित गरेका थिए।
 

प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, मंसिर १७, २०७६