ट्राइयाथलनमा टमाटाले जिते स्वर्ण
काठमाडौं, मंसिर १७ : ट्राइयाथलनमा नेपालका हिमाल टमाटाले पुनः अर्को स्वर्ण पदक जितेका छन्।
नेपाल आर्मीसँग आवद्ध खेलाडी टमाटाले ट्र....
काठमाडौं, मंसिर १७ : ट्राइयाथलनमा नेपालका हिमाल टमाटाले पुनः अर्को स्वर्ण पदक जितेका छन्।
नेपाल आर्मीसँग आवद्ध खेलाडी टमाटाले ट्राइयाथलन अन्तर्गतको पाँच किलोमिटर दौड, २० किलोमिटर साइकल दौड र पुनः २.५ किलोमिटर दौडको दूरी रहेको दुवाथलन ५७ मिनेट ३३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्।
दोस्रो स्थानमा रहेका लक्ष्मण मल्लले उक्त दूरी ५९ मिनेट १३ सेकेन्डमा साथ रजत र श्रीलंकाका असिथ परेरा ५९ मिनेट ३२ सेकेन्डका साथ तेस्रो स्थानमा रहे।

टमाटाले भारतको गुहाटीमा आयोजना भएको १२ औं दक्षिण एशियाली खेलमा पनि टिम मिक्स रिलेमा रजत पदक प्राप्त गरेका थिए।
यस्तै, नेपाली पदकलाई अग्रता प्रदान गर्ने क्रममा महिलातर्फ हुमी बुढामगरले उक्त दूरी १ घण्टा ८ मिनेट ५४ सेकेन्डका साथ रजत पदक दिलाइन्। श्रीलंकाकी इरानगा दुलाग्क्षी १ घण्टा ५ मिनेट ५८ सेकेन्डका साथ स्वर्ण हात पार्न सफल भइन्। श्रीलंकाकै उदया कुमारीले १ घण्टा ९ मिनट ०९ सेकेन्डमा साथ कास्य पाइन्।
प्रतियोगितामा तीन देश भारत, श्रीलंका र नेपालका ६–६ खेलाडीहरुको सहभागिता रहेको थियो। नेपालको योसहित ट्राइयाथलनबाट २ स्वर्ण २ रजत र एक कास्य भएको छ।






