Kathmandu Press

महिला फुटबलमा श्रीलंकामाथि नेपालको संघर्षपूर्ण जित

पोखरा, मंसिर १७ : १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले कठिन जित दर्ता गरेको छ। 

पोखरा रंगशालामा मंगलबा....

महिला फुटबलमा श्रीलंकामाथि नेपालको संघर्षपूर्ण जित

पोखरा, मंसिर १७ : १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले कठिन जित दर्ता गरेको छ। 

पोखरा रंगशालामा मंगलबार भएको खेलमा नेपालले श्रीलंकामाथि १–० को संघर्षपूर्ण जित हात पार्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

नेपालले खेलअवधिभर  श्रीलंकालाई दबाबमा राखेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेपालले अन्तिम समयतिर गोल गर्न सफल भयो।

दीपा राईको स्थानमा खेलको ३२ औं मिनेटमा मैदान प्रवेश गरेकी सरु लिम्बुले ८८ औं मिनेटमा गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो।

प्रकाशित मिति: १५:५४ बजे, मंगलबार, मंसिर १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्