साग पुरुष फुटबलमा नेपालको विजयी सुरुवात
काठमाडौं, मंसिर १७ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ।
मंगलबार त्रिपुरेश्वर....
काठमाडौं, मंसिर १७ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
नेपालले खेलको पाँचौं मिनेटमै कप्तान सुजल श्रेष्ठको गोलबाट सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप तीन गोल गरेको थियो।

खेलको ५० औं मिनेटमा कप्तान सुजलले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए। खेलको ६६ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दैै नेपालको अग्रता ३–० को बनाएका थिए। चौथो गोल भने मिक्चेन तामाङले गरे। उनले डिबक्स बाहिरबाट फ्रि-किकमार्फत गोल गरेका थिए।








