टी-२० क्रिकेट: श्रीलंकासँग नेपाल ६ विकेटले पराजित
काठमाडौं, मंसिर १७ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत मंगलबार भएको टी–२० क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ....

काठमाडौं, मंसिर १७ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत मंगलबार भएको टी–२० क्रिकेटमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको छ।
नेपालले दिएको एक सय ७३ रनको लक्ष्य श्रीलंकाले १९.१ ओभरमा चार विकेट गुमाउदै पूरा गरेको छ। श्रीलंकाका लागि सम्मु सनले ४४ बलमा ७२ रन बनाए। त्यस्तै, निदान मदुस्काले ४६, पुथम निसान्काले ३० र असेन बन्दराले १४ रन जोडे।
नेपालका लागि पवन सर्राफले दुई, सोमपाल कामी र सुशन भारीले एक/एक विकेट लिए।
यस अघि दीपेन्द्रसिंह ऐरीको ७२ रनको पारीमा नेपालले पाँच विकेट गुमाउदै एक सय ७२ रन बनाएको थियो।
प्रकाशित मिति: १४:२९ बजे, मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











