मेलम्ची खानेपानी : ठेकेदारको १ अर्व २२ करोड भुक्तानी नदिई सीएमसी फरार
काठमाडौं, माघ २७ : मेलम्ची खानेपानी आयोजनाबाट भागेको इटालिन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिष्ट्रि (सीएमसी) ले नेपाली ठेकेदार कम्पनीहरुलाई १ ....
काठमाडौं, माघ २७ : मेलम्ची खानेपानी आयोजनाबाट भागेको इटालिन ठेकेदार कोअपरेटिभ मुरातोरी एन्ड सिमिष्ट्रि (सीएमसी) ले नेपाली ठेकेदार कम्पनीहरुलाई १ अर्ब २२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।
सरकारले ठेक्का सम्झौता तोडेको र कम्पनी समेत सम्पर्कमा नरहेको अहिलेको अवस्थामा स्थानीय ठेकेदार कम्पनीहरुले पाउने १ अर्ब २२ करोड रुपैयाँ अन्योलमा परेको छ । नेपाली निर्माण व्यावसायीका अनुसार सीएमसीले २८ वटा स्थानीय ठेकेदारलाई उक्त रकम तिर्न बाँकी छ ।
यता मेलम्ची खानेपानी विकास समितिले ठेक्का रद्द गदै २ अर्व ५६ करोड धरौटी जफल गरेको जनाएको छ । सोही जफत रकमबाट व्यवसायीहरुले रकम भुक्तानी पाउनुपर्ने माग गरेका छ ।
व्यवसायीहरुले हालै मात्रै मेलम्ची खानेपानी आयोजना पीडीत संघर्ष समिति बनाएका छन् । ठेकेदार कम्पनी तथा निर्माण व्यवसायीहरुले भुक्तानी नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघर्ष समितिका सचिव विष्णुमणि आचार्यले आयोजना छिटो अगाडी बढाएर सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
८ सय कर्मचारीको तलव सुनिश्चित गर्न माग
समितिका अनुसार मेलम्ची आयोजनामा कार्यरत झन्डै ८ सय कर्मचारीको तलब नपाएको भन्दै तत्काल तलव दिलाउन माग गरेका छन् । समितिले ८ सय मजदुर तथा कर्मचारीको तलव सरकारले तत्काल सम्बोधन गर्नुपर्ने माग पनि अघि सारेका छन् ।
मेलम्ची खाने पानी परियोजना सकिन केही महिना मात्रै बाँकी रहदा ठेकेदार सिएसी फरार भएको हो । सरकारले भने सिएमसीलाई फर्काउने गरी आन्तरिक छलफल थालेको बताइएको छ । मुख्य ठेकेदारनै काम सम्पन्न नगरी फरार हुदा काठमाडौंको सपना परियाजनाको रुपमा रहेको मेलम्ची खानेपानी तोकिएको समयमा नआउने निश्चित भएको छ ।






