Kathmandu Press

बागलुङ जीप दुर्घटनामा मृत्यु भएका ११ को सनाखत

बागलुङ, मंसिर १७ : कुलपूजाका लागि गुल्मीबाट बागलुङको देविस्थान गइरहेका यात्रु चडेको जीप दुर्घटना हुँदा मृत्यु भएका १४ मध्ये ११ जनाको सनाखत भएको छ।

....
बागलुङ जीप दुर्घटनामा मृत्यु भएका ११ को सनाखत

बागलुङ, मंसिर १७ : कुलपूजाका लागि गुल्मीबाट बागलुङको देविस्थान गइरहेका यात्रु चडेको जीप दुर्घटना हुँदा मृत्यु भएका १४ मध्ये ११ जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा गुल्मीको इस्मा गाउँपालिका–५ का २५ वर्षीय रेशम थापा, २३ वर्षीया माया थापा, ४० वर्षीया वसुन्धरा कार्की, सीता कार्की, ४० वर्षीया तुलसी कार्की, ४५ वर्षीया, भूमि कार्की, २५ वर्षीया मीना कार्की, धनबहादुर कार्की र ४० वर्षीया झवि कार्कीको मृत्यु भएको छ।

त्यस्तै, नवलपरासीको बर्दघाटकी झुमा कार्की र बागलुङको बडिगाड गाउँपालिका–५ की ५५ वर्षीया लक्ष्मी केसीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरुमध्ये रेशम गाडीका चालक हुन्। अन्य तीन जनाको सनाखत हुन सकेको छैन।

मंगलबार बिहान गुल्मीबाट बागलुङको बडिगाड जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना भएको थियो। दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

जीपमा १८ जना रहेका थिए। उनीहरुमध्ये चार जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि काठमाठौं लगिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:५८ बजे, मंगलबार, मंसिर १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्