Kathmandu Press

दीपेन्द्रको विस्फोटक ब्याटिङमा नेपालले बनायाे १७२ रन

काठमाडौं, मंसिर १७ : दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले श्रीलंकालाई एक सय ७३ रनको लक्ष्य दिएको छ।

१३औं दक्षिण एशियाली खेलकुद (सा....

दीपेन्द्रको विस्फोटक ब्याटिङमा नेपालले बनायाे १७२ रन

काठमाडौं, मंसिर १७ : दीपेन्द्रसिंह ऐरीको विस्फोटक ब्याटिङमा नेपालले श्रीलंकालाई एक सय ७३ रनको लक्ष्य दिएको छ।

१३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताकाअन्तर्गत मंगलबार श्रीलंकासँगको खेलमा दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गरे। उनले ४४ बलमा तीन छक्का र चार चौका प्रहार गर्दै नटआउट ७२ रन बनाए। उनको उत्कृष्ट पारीले नेपाल एक सय ७२ रन बनाएको छ।

नेपालका लागि पवन सर्राफले २२, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले २१ २१, आरिफ सेखले १९, पारश खड्का र करण केसीले एक÷एक रन बनाए।

श्रीलंकाका लागि कमिन्डु मेन्डिसले दुई, असिथा फर्मिन्डो, कविस्का अञ्जुल र दुभिन्दु तिलकरत्नेले एक÷एक विकेट लिए।

एक सय ७३ रनको लक्ष्य पछ्याउन श्रीलंकाले केहीवेरमा खेल्नेछ।

 

प्रकाशित मिति: १२:४५ बजे, मंगलबार, मंसिर १७, २०७६