कराँते र उसुमा नेपालले थप्यो चार स्वर्ण
काठमाडौं, मंसिर १७ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत आज बिहान भएका खेलमा नेपालले चार स्वर्ण पदक थपेको छ। याेसँगै नेपालकाे स्वर्ण ....

काठमाडौं, मंसिर १७ : १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत आज बिहान भएका खेलमा नेपालले चार स्वर्ण पदक थपेको छ। याेसँगै नेपालकाे स्वर्ण पदक संख्या १९ पुगेकाे छ।
मंगलबार करातेको ६७ केजी कुमुतेमा नेपालका नविन रसाइलीले स्वर्ण पदक जितेका छन्। उनले पाकिस्तानका मोहम्मद नासिरलाई ८–६ स्कोरमा पराजित गर्दै स्वर्ण पदक जितेका हुन्।
त्यस्तै, उसुको थाउलुतर्फ थानछ्वानको महिलाको प्रतिस्पर्धामा सुस्मिता तामाङले स्वर्ण जितेकी छन्। उनले ९.४४ अंक प्राप्त गर्दै स्वर्ण हात पारेकी हुन्।
यस्तै, उसुको थाउलुतर्फ थानछ्वानमा विजय सिन्जालीले स्वर्ण जितेका छन्। उनले ९.४८ अंक प्राप्त गर्दै स्वर्ण जितेका हुन्। १२औं सागमा उनले रजत पदक जितेका थिए।
यसैगरि, पोखरामा भएको पुरुष डुवाथोलनमा नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका छन्। यो प्रतिस्पर्धाको रजत पदक पनि नेपालकै लक्ष्मण मल्लले जितेका छन्।
त्यस्तै, महिला डुवाथोलनमा नेपालकी हुमी बुढामगरले रजत पदक जितेकी छन्। यसमा श्रीलंकाकी इरंगा दुलाक्षीले स्वर्ण पदक जितेकी छन्।
यस अघि टंक कार्कीले १५ सय मिटर दौडमा कास्य पदक जितेका थिए।











