‘आमा भएर खेल जितिन्छ र भन्थे, मैले जितेर देखाएको छु’
काठमाडौं, मंसिर १७ : आयशा शाक्यले सोमबार दुई स्वर्ण जितेर दक्षिण एसियाली खेलकुदमा एउटा नयाँ इतिहास बनाइन्। उनले इतिहास बनाउँदै गर्दा आफुलाई समाल्न निक....
काठमाडौं, मंसिर १७ : आयशा शाक्यले सोमबार दुई स्वर्ण जितेर दक्षिण एसियाली खेलकुदमा एउटा नयाँ इतिहास बनाइन्। उनले इतिहास बनाउँदै गर्दा आफुलाई समाल्न निकै हम्मे–हम्मे पर्यो।
१२औं सागमा तेक्वान्दोकै अर्को विधा गेरुगी अर्थात फाइट विधामा रजत जितेपछि फेरि दक्षिण एसियाली खेलमा फर्किएर स्वर्ण जितौंला भन्ने उनलाई लागेको थिएन्। किनकि, उनीसँग अब खेलमात्र थिएन्, दुई छोरा र सिंगो परिवारको जिम्मेवारी पनि थियो। ‘मैले १२औं सागपछि फेरि खेलमा फर्कने कुरामा मन मारिसकेको थिएँ,’ उनले विगत सम्झिन्।
उसो त आयशालाई धेरैले भन्ने गर्थे बच्चाहरूलाई समय देउ तर कीर्तिमानि जीवनसाथी पाएकी आयशालाई दीपक विष्टले भने सधैँ हौस्याइरहे। दीपकले नै तेक्वान्दोमा गेरुगी छाडेर पुम्सेयात्रामा लम्काएको उनले बताइन्। ‘म एक्लैको उपलब्धि होइन्, मेरो लागि सर्वाधिक ठुलो सफलताको सारथी दीपक नै हो,’ उनले भनिन्।
जब उनले पदक जितिन्, त्यसपछि मैदानमा आँशु झार्दै दौडिरहिन्। त्यसपछि दिपकलाई अँगालो हालिन्। दुई छोरा आदिश र आधारसँगै धेरैवेर रोइन्। यो सबै उपलब्धि उनलाई कथा जस्तै लागिरेहको थियो।
आयशाको आलोचना गर्नेहरुको संख्या कम थिएन्। ‘धेरैले बच्चालाई समय देउ भने, कतिले आमा भएर नि खेल जित्न सकिन्छ र भने,’ उनले विगत कोट्यादै भनिन्, ‘तर आज मैले जितेर देखाएको छु। यसले मजस्तै खेलमा फर्कने धेरैलाई राम्रो साथ र आँट दिएको छ। जुन जीवनभर याद रहिरहनेछ।’
तेक्वान्दोको पुम्सेमा आयशाको दुई इभेन्ट थियो। जब उनले आफ्नो सफलता र इतिहास नजिक आफूलाई पाइन् रातदिन मेहेनत गरिन्। ‘मेरो लागि यो ऐतिहासिक अवसर थियो। पुम्सेमा दुई इभेन्टमा मेरो खेल थियो। जहाँ जित्नु मेरो एकमात्र लक्ष्य थियो,’ उनले भनिन्, ‘जुन लक्ष्य पूरा भए मैले इतिहासमा आफुलाई सफल खेलाडीको कोटामा पुर्याउन सक्थेँ।’
यो इभेन्टमा कसैसँग लड्नु या कसैको कुटाई खानु पर्ने थिएनन्। आफ्नो कसन्ट्रेसनको उच्चतम नमूना देखाउन सक्नु थियो।
पछिल्लो समय उनले पुम्सेमा फर्किएको धेरै भएको छैन्। आठौं राष्ट्रिय खेलकुदभन्दा केहि महिना अघि मात्रै उनले पुम्सेमा आफूलाई सहभागि गराएकी थिइन्। सात आठ महिनामा जति गरिन्, साँच्चिकै लोभलाग्दो उपलब्धि हासिल गर्न पर्याप्त बन्यो।
आफ्नो स्वर्णको हकदार आफू मात्रै नभएको उनको भनाइ छ। ‘प्रयास गर्दा केहि बिग्रिंदैन्। हार केहि होइन्, प्रयास ठूलो कुरा हो। प्रयास भयो भने जीवनमा कुनै न कुनै दिन सफलता पाइन्छ भन्ने उदारण बनेको छु,’ उनले थपिन्, ‘सफलताको अध्यायमा एक्लै कहिँ पुगिँदैन्। यसका लागि सिंगो परिवार र गुरुहरुको साथ चाहिँदो रहेछ।’
स्वर्ण चुम्दै गर्दा आयशाले धेरै त आमाबुवालाई सम्झेतको बताइन्। ‘मैले छोराहरुलाई दिने माया मेरो आमाबुवाले दिनुभयो। अनि मलाई खेल्न निरन्तर पठाउनु भयो। आज मेरो उपलब्धिमा सिंगो देश खुशी भएको छ,’ उनले भनिन्।
सोमबारको सफल्तासँगै आयशालाई सर्वाधिक सफल महिला खेलाडीको सूचिमा उभ्याएको छ। किनकि, उनको नाममा अब सागमा तीन स्वर्ण र एक रजत दर्ज भएको छ।
आयशासँग अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपलब्धिको फेहेरिस्त छ। उनी अरुलाई पनि हार नमान्न आग्रह गर्छिन्। आयशा भन्छिन्, ‘असफतासँग हार नमान्नुहोस्, लागिरहनुहास्, सफलता कुनै दिन हात लागेरै छोड्छ।’






