Kathmandu Press

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढ्यो

काठमाडौं, मंसिर १६ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको छ। 

सोमबार राति १२ बजेदेखि ....

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढ्यो
सांकेतिक

काठमाडौं, मंसिर १६ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको छ। 

सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ।  नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०९, डिजेल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ तोकिएको छ।

इण्डियन आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ खरिद मूल्यमा केही वृद्धि भएकाले बढाइएको निगमले जनाएको छ। एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ।
 
प्रकाशित मिति: १९:२३ बजे, सोमबार, मंसिर १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्