कराँतेमा अनु अधिकारीले जितिन् स्वर्ण पदक
काठमाडौं, मंसिर १६ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेमा नेपालकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छिन्।
सातदोबाटोस....
काठमाडौं, मंसिर १६ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेमा नेपालकी अनु अधिकारीले स्वर्ण पदक जितेकी छिन्।
सातदोबाटोस्थित कराँते हलमा सोमबार भएको कराँतेको ५० केजी तौल समूहको प्रतिस्पर्धामा अनुले श्रीलंकाकी डनपाउलु बादल्गेलाई पराजि गर्दै स्वर्ण जितिन्। उनले श्रीलंकाकी डनपाउलुलाई ८–० अंकले पराजित गरेकी हुन्।
यसअघि अनुले बंगलादेशकी फमिदा अख्तरलाई ८–० ले नै पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्।
प्रकाशित मिति: १७:४९ बजे, सोमबार, मंसिर १६, २०७६
थप समाचार






