Kathmandu Press

काठमाडौं प्रेस उत्कृष्ट समाचारबाट पुरस्कृत

काठमाडौं, मंसिर १५ : काठमाडौं प्रेस डट कमले केही महिनाअघि प्रकाशित गरेको खोजमुलक रिपोर्ट सेजन अवार्डबाट पुरस्कृत भएको छ।

आइतबार आर....

काठमाडौं प्रेस उत्कृष्ट समाचारबाट पुरस्कृत

काठमाडौं, मंसिर १५ : काठमाडौं प्रेस डट कमले केही महिनाअघि प्रकाशित गरेको खोजमुलक रिपोर्ट सेजन अवार्डबाट पुरस्कृत भएको छ।

आइतबार आर्थिक पत्रकार समाज (सेजन) को २२ औं वार्षिकोत्सवको अवसरमा हेटौँडा–काठमाडौं सुरुङमार्ग निर्माणमा अनियमितताका विषयमा प्रकाशित रिपोर्ट खोजमुलक समाचारका रुपमा पुरस्कृत भएको हो। कार्यक्रममा नेपाल राष्ट्र बैँकका गभर्नर चिरञ्जिवी नेपालले काठमाडौं प्रेसका संवाददाता केदार दाहाललाई पुरस्कृत गरेका हुन्।

गत माघदेखि संचालनमा आएको काठमाडौं प्रेसले काठमाडौं–हेटौँडा सुरुङमार्गमा भएको अनियमितताका विषयमा श्रृंखलाबद्ध समाचार प्रकाशित गरेको थियो। 

काठमाडाै‌ प्रेसकाे पुरस्कृत समाचार

काठमाडौं–हेटौँडा सुरुङ मार्ग बनेन, सर्वसाधारणको करोडौं डुब्यो (भाग १) 

जनताकाे पैसामा हिरोइनको हिमाल आरोहणदेखि विदेश भ्रमणसम्म (भाग २)

चुनावी ‘स्टन्ट’ देखाउन लगिएको एक्साभेटर डेढ वर्षदेखि खोलामा (भाग ३)

कुशकुमार जोशीसहित एक दर्जन छानबिनको दायरामा, जनताको पैसा दुरुपयोग गरेको निष्कर्ष (भाग ४)

१६ सयसँग पैसा उठाइयो, सेयर सदस्यता दिइएन (भाग ५)

सेजनले प्रिन्ट मिडियातर्फ भने नागरिक दैनिकले लेखेको बालुवाटारको ललिता निवासको जग्गा प्रकरणको समाचार पुरस्कृत गरेको छ । उक्त समाचार हाल कान्तिपुर दैनिकमा रहेको मातृका दाहालले लेखेका हुन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले २०७५ कात्तिक १ देखि २०७६ असोज ३० गतेसम्म प्रकाशन र प्रसारण भएका उत्कृष्ट आर्थिक समाचारलाई सेजन अवार्डद्वारा पुरस्कृत गर्दै आएको छ। यस वर्ष काठमाडौं प्रेस डट कमको समाचार पुरस्कृत भएको हो। 

प्रकाशित मिति: १७:०० बजे, सोमबार, मंसिर १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्