कराँतेमा कुसुमले दिलाइन् नेपाललाई स्वर्ण पदक
काठमाडौं, मंसिर १६ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँते फाइटमा नेपालकी कुसुम खड्काले स्वर्ण जितेकी छिन्।
सोमबार भ....
काठमाडौं, मंसिर १६ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँते फाइटमा नेपालकी कुसुम खड्काले स्वर्ण जितेकी छिन्।
सोमबार भएको महिला ४५ केजी तौल समूहको प्रतिस्पर्धामा बंगलादेशकी खेलाडी मुन्दिरा बोर्नालाई ३–२ ले पराजित गर्दै कुसुमले स्वर्ण पदक जितेकी हुन्।
यसअघि फाइनल प्रवेश गर्दा कुसुमले श्रीलंकाकी अरातिगेलाई ७–६ ले पराजित गरेकी थिइन्।

प्रकाशित मिति: १६:४६ बजे, सोमबार, मंसिर १६, २०७६
थप समाचार






