Kathmandu Press

धरानमा कांग्रेसका तिलक राई विजयी

धरान, मंसिर १६ : कम्युनिष्टको किल्ला मानिएको धरानमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन्।

धरान उपमहानगरपालिकाको मेयरमा नेकपाका प्रकाश र....

धरानमा कांग्रेसका तिलक राई विजयी

धरान, मंसिर १६ : कम्युनिष्टको किल्ला मानिएको धरानमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन्।

धरान उपमहानगरपालिकाको मेयरमा नेकपाका प्रकाश राईलाई पराजित गर्दै तिलक राई विजयी भएका हुन्। उनले २७ हजार सात सय नौ मत पाएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका प्रकाश राईले २३ हजार नौ सय १४ मत पाएका छन्।

झण्डै तीन दशकपछि धरानमा कांग्रेसले जित हासिल गरेको हो। यसअघिका सबै निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका थिए।

२०४९, २०५४ र २०७४ को स्थानीय निर्वाचनमा एमालेले नै जितेको थियो। २०७४ को निर्वाचनमा एमालेबाट जितेका तारा सुब्बाको निधन भए पछि अहिले उपनिर्वाचन भएको हो।

धरान उपमहानगर पर्ने सुनसरी–१ क्षेत्रमा पनि अहिलेसम्म कांग्रेसले संसदीय निर्वाचनमा पनि जित्न सकेको छैन।

 

प्रकाशित मिति: १३:३१ बजे, सोमबार, मंसिर १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्