उपनिर्वाचनमा कसले कति जिते?
काठमाडौं, मंसिर १६ : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि भएको उपनिर्वाचनमा ५० स्थानको परिणाम सार्वजनिक भएको छ। अन्य दुई स्....
काठमाडौं, मंसिर १६ : प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि भएको उपनिर्वाचनमा ५० स्थानको परिणाम सार्वजनिक भएको छ। अन्य दुई स्थानमा मतगणना जारी रहेको छ।
अहिलेसम्म घोषणा भएको ५० स्थानमध्ये नेकपाले २९ र नेपाली कांग्रेसले १२ स्थानमा जित हासिल गरेको छ।
त्यस्तै, समाजवादी पार्टी नेपालले चार, राष्ट्रिय जनता पार्टी नेपालले तीन र एक स्थानमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्। स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा जित हासिल गरेका हुन्।
नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र २३ वडाध्यक्ष पद जितेको छ। कांग्रेसले एक प्रदेशसभा सदस्य र ११ वडाध्यक्षमा विजय हासिल गरेको हो।
समाजवादीका उम्मेदवार चार र राजपाका उम्मेदवारले तीन वडाध्यक्ष पदमा जित हासिल गरेका हुन्।
जनमोर्चाका उम्मेदवारले बागलुङमा प्रदेशसभा सदस्य जितेका छन्।
धरानमा उपमहानगरपालिकामा मत गणना अन्तिम तिर पुगेको छ। कांग्रेस उम्मेदवार तिलक राईको जित सुनिश्चत भएको छ।






