Kathmandu Press

राष्ट्रिय भूमि आयोगद्धारा पर्सामा नापनक्साको काम सुरु

वीरगञ्ज, भदौ १७ : राष्ट्रिय भूमि आयोगले पर्साका १४ वटै पालिकामा आफ्नो काम अघि बढाएको छ  । यसअघिका आयोगले छाडेको अधुरो काम अघि बढाउन...
राष्ट्रिय भूमि आयोगद्धारा पर्सामा नापनक्साको काम सुरु
Hardik ivfHardik ivf

वीरगञ्ज, भदौ १७ : राष्ट्रिय भूमि आयोगले पर्साका १४ वटै पालिकामा आफ्नो काम अघि बढाएको छ  । यसअघिका आयोगले छाडेको अधुरो काम अघि बढाउन सबै पालिकामा लगत सङकलनको काम जारी रहेको भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले जानकारी दिए। 

पर्सामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्न विभिन्न तीन चरणमा १४ वटै पालिका र राष्ट्रिय भूमि आयोगसँग यसअघि सम्झौता गरिसकिएको थियो। 
 
सोहीअनुसार पर्साको ठोरी गाउँपालिकामा लगत सङ्कलनको काम पुरा भइसकेको र बाँकी १३ वटै पालिकामा लगत सङ्कलनको काम जारी रहेको भूमि आयोगका सदस्य सचिव एवं प्रमुख नापी अधिकृत नारायणकुमार श्रेष्ठले जानकारी दिए। त्यसअनुसार अन्य सबै पालिकामा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लगत फाराम भर्ने गरेका छन्। 

सरकारले दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीमध्ये दलित समुदायलाई निःशुल्क र भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई मालपोत निर्धारण मुल्यको आठदेखि दुई सय प्रतिशत राजश्वबापतको रकम लिएर जग्गा धनी पुर्जा उपलब्ध गराउने योजना अघि बढाइएको श्रेष्ठले जानकारी दिए। 

प्रकाशित मिति: ११:५५ बजे, शुक्रबार, भदौ १७, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्